°
, June 1, 2023 in
0

किरण धनगढीका आइकोनिक खेलाडी

SHARE:

नेपाली राष्ट्रिय टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ आइकोनिक खेलाडीका रुपमा धनगढी एफसीमा आबद्ध भएका छन् । वैशाख ११ देखि सुरु हुने नेपाल सुपर लिगका लागि धनगढीले किरणलाई आइकोनिक खेलाडीका रुपमा क्लबमा भित्र्याएको हो।

एक कर्यक्रमबीच क्लबका मालिक सुबास शाही र किरणले सम्झौतापत्रमा हस्ताक्षर गरे । धनगढीले मिडफिल्डर विशाल राईलाई मार्की खेलाडी छन् ।

आइलिग खेलिरहेका किरणसँगै अभिषेक रिजाल र प्रकाश बुढाथोकीलाई पनि एनएसएलका लागि क्लबहरुले आइकोनिक खेलाडीका रुपमा अनुबन्धन गर्न सक्ने प्रावधान छ।

किरणको अनुबन्धसँगै धनगढी बलिाये टिम बनेको मालिक शाहीले बताए । धनगढीमा विशाल र किरणसँगै राष्ट्रिय टिमकै दिनेश राजवंशी, निशान खड्का र दर्शन गुरुङ पनि छन्।

धनगढीसँग आबद्ध भएपछि किरणले ५ वर्षपछि घरेलु लिग खेल्न पाउँदा खुशी रहेको बताए ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *