भारतीय फुटबल फ्यानले छाने किरण चेम्जोङलाई सिजनको उत्कृष्ट खेलाडी

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङलाई भारतीय फुटबल फ्यानले आईलिगको सिजनको उत्कृष्ट खेलाडीका रुपमा छनोट गरेका छन् । राउन्ड ग्लास पञ्जाबबाट आईलिग खेलेका किरणले आईलिग फ्यान्स सेसन अवार्डमा ‘प्लेयर अफ दी सेसन’ अवार्ड जितेका हुन्।

आईलिगले किरणलाई बिहीबार ‘प्लेयर अफ दी इयर’का लागि छनोट गरेको हो। आई लिगले आफ्नो आधिकारिक फेसबुक मार्फत किरणले ‘प्लेयर अफ दी सेसन’ अवार्ड जितेको उल्लेख गरेको छ।

किरणले आईलिगमा पञ्जाबको कप्तानी समेत गरेका थिए। आईलिगका १४ खेलमा किरणले ७ क्लिन सिट राखेका थिए। आईलिगमा उत्कृष्ट प्रदर्शन गरेका किरणले आईलिगको उत्कृष्ट गोलकिपर अवार्ड पनि जितेका थिए। किरणले कुल ५६ सट रोकेका थिए भने प्रहार गरेका कुल सट मध्ये ८२ प्रतिशत सट रोकेका थिए।

यसैगरी नेराेका एपफसीका सङ्पु सिङ्सिट सिजनकाे उत्कृष्ट युवा खेलाडी चयन भए। उनले नेराेकाबाट ३ गाेल र ३ असिस्ट गरेका थिए।