°
, June 7, 2023 in

लगातार ६ खेल हारेपछि मनाङका प्रशिक्षकले दिए राजीनामा

SHARE:

सहिद स्मारक ए डिभिजन लिग अहिले मध्यभागमा पुगेको छ। लिगको पहिलो लेग सकिएको छ।

सबै नयाँ युवा खेलाडी समेटेर टिम बनाएको मनाङले लिगमा राम्रो सुरुआत ग¥यो। लिगका ७ चरणको खेल सकिँदा मनाङ अपराजित रहँदै शीर्ष स्थानमा थियो।

तर, आठौं चरणमा मनाङ सातदोबाटो युथ क्लबसँग १–०ले पराजित भयो। त्यसपछि मनाङको अधोगति सुरु भयो।

त्यसपछि लागतार ६ खेल हारेपछि मनाङमाथि रेलिगेसन दबाब परेको छ। उ १५ अंकसहित १०औं स्थानमा छ। यो पुछारको नेपाल पुलिस क्लबभन्दा ३ अंकमात्र बढी हो।

लिगकै सफल क्लब मनाङमाथि रेलिगेसन दबाब बढेपछि मुख्य प्रशिक्षक किरण श्रेष्ठले राजीनामा दिएका छन्। श्रेष्ठले व्यक्तिगत कारणले क्लब छाडेको मनाङले सामाजिक सञ्जालमार्फत जनाएको छ।

मनाङले क्लबमा पुर्‍याएको योगदानको लागि श्रेष्ठप्रति आभार पनि व्यक्ति गरेको छ। उसले श्रेष्ठको आगामी यात्रामा लागि शुभकामना पनि दिएको छ।

SHARE: