लखनऊ सुपर जायन्ट्स आइपिएल०मा शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा कोलकाता नाइट राइडर्समाथि ७५ रनको जित निकाल्दै लखनऊ शीर्ष स्थानमा उक्लिएको हो।
जितको लागि १७७ रनको विजयी लक्ष्य पछ्याएको कोलकाता १४.३ ओभरमा १ सय १ रनमा अल आउट भयो। कोलकाताका आन्द्रे रसेलले सर्वाधिक ४५ रनको इनिङ्स खेले। उनले १९ बलमा ३ चौका र ५ छक्का प्रहार गरे।
सुनिल नारायणले १२ बलमा २२ रन बनाए भने आरोन फिन्च १४ रन बनाए । लखनऊका आवेश खान र जेसन होल्डरले ३ विकेट लिए। मोहसिन खान, दुश्मन्था चामिरा र रवि विश्रोईले १(१ विकेट लिए।
त्यसअघि महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियम पुणेमा पहिला ब्याटिङ गरेको लखनऊले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७६ रन बनाएको थियो। ओपनर क्विन्टन डि कक सर्वाधिक ५० रन बनाए भए। उनले २९ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।
यस्तै दीपक हुडाले २७ बलमा ४ चौका र २ छक्कासहित ४१ रन बनाउँदा मार्कस स्टोइनिसले १४ बलमा १ चौका र ३ छक्कासहित २८ रन र क्रुनाल पान्ड्या २५ रन बनाए। कोलकाताका आन्द्र रसेलले २ विकेट लिए।
जितसँगै लखनऊले ११ खेलमा १६ अंक जोडेको छ। कोलकाता ११ खेलमा ८ अंक जोडेर आठौं स्थानमा रहेको छ। लखनऊले अब तीन खेल खेल्न बाँकी छ। एक खेलमा विजयी भए पनि प्लेअफमा पुग्नेछ।
कोलकाताको भने अघिल्लो चरणको सम्भावना अंकगणीतिय मात्र बाँकी छ। कोलकाताले पनि अब तीन खेल खेल्न बाँकी छ। तीन खेलमा विजयी हुँदा १४ अंक हुनेछ। त्यसको लागि अन्य टोलीको नतिजा आफू अनुकुल आउनुपर्छ।