केएल राहुलको शकतमा पहिलो दिन भारत बलियो

लड्समा बिहीबारबाट सुरु भएको इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो दिन भारतको पकडमा रह्यो । ओपनर केएल राहुले शानदर शतक प्रहार गरेपछि पहिलो दिन सकिँदा भारतले ३ विकेटको क्षतिमा २७६ रन बनाएको छ।

पहिलो दिनको समाप्तिमा राहुल १२७ रनमा नटआउट छन् भने उनलाई उपकप्तान अजिन्का रहाणेले १ रन बनाएर साथ दिइरहेका छन्। राहुलले २४८ बल खेल्दै १२ चौका र १ छक्को मद्दतमा १२७ रन बनाए ।

राहुलको यो टेस्ट क्रिकेटको छैठौं शतक हो। राहुलले अर्का ओपनर रोहित शर्मासँग शतकीय साझेदारी गर्दै टिमलाई उत्कृष्ट सुरुआत दिलएका थिए । विदेशी भूमिका भारतीय ओपनरले सन् २०१७ पछि पहलो पटक शतकीय साझेदारी गरेका हुन्। यी दुईले १२६ रनको साझेदारी गरेका थिए।

जेम्स एन्डरसनको बलमा क्लिन बोल्ड भएका रोतिहले १४५ बल खेल्दै ११ चौका र छक्काको मद्दता ८३ रन बनाए । यस्तै कप्तान विराट कोहलीले १०३ बलमा ४२ रन बनाए । कोहली र राहुलले तेस्रो विकटका लागि ११७ रनको साझेदारी गरेका थिए। चेतेश्वर पुजारा ९ रन बनाएर आउट भए।

टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डका लागि एन्डरसनले २ तथा ओली रोबिन्सनले १ विकेट लिए।

५ खेलको टेस्ट सिरिजको पहिलो टेस्ट वर्षाले प्रभावित बनेपछि बराबरीमा सकिएको थियो।