मछिन्द्रले जित्यो केपी ओली कप उपाधि

Read Time:1 Minute

प्रथम केपी ओली कपको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ। बुधबार रंगशालामा भएको फाइनलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई पेनाल्राटी सुटआउटमा ५–३ले हराउँदै मछिन्द्रले उपाधि जितेको हो।

९० मिनेटको खेल एक–एक बराबरीमा सकिएको खेल पेनाल्टी शुटआउटमा पुगेको थियो। पेनाल्टीमा पेनाल्टीमा मछिन्द्रका रन्जित धिमाल, दिवाकर चौधरी, सुजल श्रेष्ठ, पुजन उपरकोटी र ओमोलाजा करिमले गोल गरेका थिए।

सातदोबाटोका निरज चौधरी, दिपेनराज सिंह, एकराज बुढाथोकीले गोल गर्दा अब्लुल लतिफ अबकारीले प्रहार गरेको पेनाल्टी मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले रोकेको हो।

खेलको पाँचौं मिनेटमा अफिज ओलावाले ओलाडिपोले हेडिङमार्फत गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए। देवेन्द्र तामाङको फ्रिकिकमा उनले हेडिङ हानेर गोल गरेका हुन्। त्यस्तै १७ औं मिनेटमा सातदोबाटोले गोल फर्काएका थिए। सातदोबाटोका जोर्डन ओवाना जुनियरले पनि हेडिङमार्फत गोल फर्काएका थिए।

विजेता मछिन्द्रले १० लाख रुपैयाँ नगद पुरस्कार पाएको छ भने उपविजेता टोलीले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
100 %
Previous post सानदार जितसहित आर्सनललाई ५ अंकको अग्रता
Next post युएईविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोज्यो
Close