केपी ओली कप फुटबल च्याम्पियनसिप फागुन दोस्रो साता हुने भएको छ । राष्ट्रिय युवा संघले आयोजना गर्न लागेको च्याम्पियनसिप फागुन ११ देखि १७ सम्म आयोजना हुने छ।
एन्फाको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा ए डिभिजनका ७ र आयोजकसहित ८ टिम सहभागी हुनेछन्। सहभागी टिमको छनोट खुला आवेदनबाट गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताको उद्घाटन खेल च्यासल मैदान ललितपुर र फाइनल दशरथ रंगशालामा गर्ने युवा संघको तयारी छ । लिग चरणका खेल एन्फा कप्लेक्सको खेल मैदानमा पनि हुनेछन् ।
विजेताले १० लाख र उपविजेताले ५ लाख नगद पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले १ लाख, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक र उदीयमान खेलाडीले पचासरपचास हजार जित्नेछन् ।
व्यावसायिक फुटबललाई प्रवर्द्धन गर्न पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नाममा गोल्डकप आयोजना गर्न लागिएको युवा संघले जानकारी दियो।