एमालेका अध्यक्ष केपी ओलीको नाममा राष्ट्रिय स्तरको नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। एमालेको भातृ संगठन युवा संघ नेपालले आयोजना गर्ने प्रतियोगितालाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले स्वीकृति दिएको छ।
केपी ओली कप फुटबलका लागि एन्फाले फागुन ११ देखि १७ गतेसम्म समय दिएको छ। प्रतियोगिता काठमाडौंमा आयोजना हुने छ। एन्फाले मोफसलका गोल्डकपको समय निर्धारण गर्दा केपी ओली कप पनि समावेश गरिएको हो।
युवा संघका अध्यक्ष किरण पौडेलका अनुसार प्रतियोगितामा ए डिभिजनका ८ क्लबको सहभागीता जानकारी दिए। प्रतियोगिता ए डिभिजन लिगका लागि तयार पारिएको च्यासलमा हुने छ। फाइलन भने दशरथ रंगशालामै खेलाउने गरी तयारी भइरहेको उनले बताए ।
प्रतियोगिताका विजेताले १० लाख र उपविजेतालाई ५ लाख रुपैयाँ प्राप्त गर्ने छन्।