करातेको पहिलो दिन पुलिसलाई तीन स्वर्ण

Read Time:3 Minute

दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति कराते प्रतियोगिताको पहिलो दिन बिहीबार विभागिय टोली नेपाल पुलिस क्लबले ३ तथा एपिएफ क्लबले २ स्वर्ण पदक जितेका छन्।

ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा बिहीबार सुरु भएको प्रतियोगितामा महिला एकल कातामा पुलिसकी चन्चला दनुवारले स्वर्ण पदक जितिन् भने उनी सम्मलित टोलीले टिम कातामा पनि स्वर्ण पदक जितेको थियो । कुमुतेतर्फ पुलिसकी पुष्पका लामाले ४५ केजी तौल समूहमा स्वर्ण पदक जितिन्। पुष्पकाले फाइनलमा त्रिभुवन आर्मी क्लबकी ममता महर्जनलाई ४–१ ले हराइन्। एपिएफकी दीपा लामा र प्रदेश १ की प्रतिममा राईले कास्य पदक जिते।

महिला एकल कातामा कर्णालीकी एलिशा रोसिका मगरले रजत तथा बागमतकी मिरा खाती र प्रदेश १ की रोश्मा राईले कास्य पदक जिते । महिला टिम कातामा आर्मीले रजत तथा एपिएफ र बागमतीले रजत पदक जित्यो।

त्यस्तै पुरुषतर्फ एपिएफका सोनिम मानन्धरले पुरुष एकल कातामा र उनी सम्मलित टोलीले टिम कातामा स्वर्ण पदक जित्यो । एकल कातामा पुलिसका महसुस मोक्तानले रजत तथा बागमती रेहान जाभेद र आर्मीका विजय लिम्बुले कास्य पदक जिते।

गोदावारी नगरपालिकाद्धारा आयोजित कृष्ण प्रसाद भट्टराई खेल महोत्सव–२०७९ अन्तर्गत नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरले संचालन गरिरहेको राष्ट्रिय कराते प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ। माघ २८ गतेसम्म चल्ने प्रतियोगितामा १७ वटा इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ।

पहिलो हुने प्रत्येक खेलाडीहरुलाई स्वर्ण पदक सहित स्पोर्टस ब्राण्डको गिफ्ट भौचर प्राप्त गर्नेछ र दोश्रो र तेश्रो हुनेहरुले पदक र प्रमाण पत्र प्राप्त गर्नेछन्। प्रतियोगिताका उत्कृष्ट १ महिला र १ पुरुष खेलाडीले नगद पुरस्कार सहित केल्मीको गिफ्ट हाम्पर प्राप्त गर्नेछन्।

प्रतियोगिताको च्याम्पियन टोलीले ट्रफिसहित १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा ७ प्रदेश तथा ३ विभाग ९सेना,प्रहरी, सशस्त्र० गरि १० टोलीका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगिताको उद्घाटन पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले गरेका थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post एक्सेल्सियर कपमा काष्ठमण्डपलाई दोहोरो उपाधि
Next post राष्ट्रिय टिममा सन्दीपको पुनरागमन, सूर्य तामाङ पहिलो पटक टिममा पर्दा आरिफ र अर्जुन वैकल्पिकमा
Close