क्रेजसिकोभाले जितिन ग्रान्ड स्लाम उपाधि

चेकोस्लोभाकियाकी बारबोरा क्रेजसिकोभाले फ्रेन्च ओपनको महिला एकलको उपाधि जितेकी छिन् । आफ्नो खेल जीवनको पहिलो ग्रान्ड स्लाम जित्न उनले रुसकी एनास्टिसा पाभयेचेन्कोभालाई ६–१, २–६ र ६–४ ले हराइन् ।

पहिलो पटक फाइनल पुगेकी बारबोरा पहिलो फाइनल यात्रामै च्याम्पियन बनेकी हुन् ।

क्रेजसिकोभाले सजिलै पहिलो सेट जितेपछि पाभयेचेन्कोभाले दोस्रो सेट आफ्नो पक्षमा पारिन् । दोस्रो सेट पनि रुसी खेलाडीको पक्षमा एकपक्षीय रह्यो ।

तेस्रो सेटमा भने पाभयेचेन्कोभालाई कोर्टमै उपचारको आवश्यकता परेको थियो । तेस्रो सेट भने प्रतिस्पर्धात्मक रह्यो र त्यसलाई क्रेजसिकोभाले आफ्नो पक्षमा पारिन् ।

Facebook Comments Box