समाचार

फ्रिडम फाइटर्स ‘बी’ले जित्यो कीर्तिपुर भेट्रान्स फुटसलको उपाधि

कीर्तिपुर भेट्रान्स फोर्टीप्लस ओपन फुटसल प्रतियोगिताको उपाधि फ्रिडम फाइटर्स ‘बी’ ले जितेको छ। शनिबार भएको फाइनलमा फ्रिडम फाइटर्स ‘ए’ लाई २–१ ले हराउँदै फ्रिडम फाइटर्स ‘बी’ प्रतियोगिताको च्याम्पियन बनेको हो ।

कीर्तिपुर भेट्रान्स क्लबले आयोजना गरेको प्रतियोगितामा ३० टीमको सहभागिता थियो । कीर्तिपुरस्थित एसएस कृनगर फुटसलमा प्रतियोगिता शुक्रबार र शनिबार गरी दुई दिन सञ्चालन भएको थियो।

फ्रिडम फाइटर्स ‘बी’ ले उपाधिसँगै ५० हजार र उपविजेता फ्रिडम फाइटर्स ‘ए’ ले २५ हजार रुपैयाँ, प्रमाणपत्र, मेडल र ट्रफी पाए ।

प्रतियोगितामा फ्रिडम फाइटर्स ‘बी’ का कमल विष्ट उच्च गोलकर्ता, फ्रिडम फाइटर्स ‘ए’ का राजकुमार घिसिङ उत्कृष्ट खेलाडी र बाखत फुटसलका धनबहादुर पुन उत्कृष्ट गोलकिपर घोषित भए।