इरावान मुवाँथाईलाई केटीएम सिटीको प्रायोजन

Read Time:2 Minute

केटीएम सिटीले इरावान मुवाँथाई फाइट जिमसँग प्रायोजन सम्झौता गरेको छ । शेर्पा आउटडोरको केटीएम सिटीले अपिरियल पार्टनरको रुपमा इरावान मुँवाथाई फाइट जिमसँग सहकार्य गरेको हो ।

सम्भावना बोकेका नयाँ खेल र खेलाडीलाई सहयोग र प्रबद्र्धन गर्ने उद्धेश्य अनुसार इरावान मुवाँथाई फाइट जिमलाई प्रायोजन गरेको केटीएम सिटीले जनाएको छ।

सम्झौता अनुसार फाइट जिमलाई आवश्यक पर्ने किट केटीएम सिटीले उपलब्ध गराउनेछ । जिमबाट अन्तराष्ट्रिय प्रतियोगिता र प्रशिक्षणमा जाने खेलाडीलाई समेत केटीएम सिटीले आवश्यक किट प्रायोजन गर्नेछ।

फाइट जिमको तर्फबाट वरुण घले गुरुङ व्यवसायीक फाइट र प्रशिक्षण गर्न दुई महिनाका लागि थाईल्याण्डमा जादैछन् । गुरुङलाई आवश्यक पर्ने खेल किटलाई केटीएम सिटीले प्रायोजन गरेको छ । इरावान मुँवाथाई फाइट जिमसँग सहकार्य गर्न पाउँदा केटीएम सिटीले खुसी व्यक्त गरेको छ । यस सहकार्यले नयाँ खेलको प्रबद्र्धनमा सहयोग पुग्ने कम्पनीले विश्वास व्यक्त गरेको छ।

नेपाली ब्राण्ड केटीएम सिटीले मुवाँथाई सहित विभिन्न खेल र खेलाडीसँग सहकार्य गर्दै आएको छ । केटीएम सिटी राष्ट्रिय फुटबल टिमको मुख्य किट प्रायोजक हो । केटीएम सिटीले फुटबल सहित भलिबल, क्रिकेट, ब्याडमिन्टन, लन टेनिस सहित विभिन्न खेलसँग सहयोग र सहकार्य गर्दै आएको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post पिएम कप महिल क्रिकेट : लगातार तेस्रो जित निकाल्दै प्रदेश १ सेमिफाइनलमा
Next post स्पेनका सराबिया र ब्राजिलका गोमेज भित्र्याउँदै वुल्भ्स
Close