केटीएम सिटीले विन्टर सेल अफर सार्वजनिक गरेको छ । आफ्ना ग्राहक वर्गलाई लक्षित गर्दै केटीएम सिटीले अधिकतम ९ सय ९० रुपैयाँमा जाडो तथा गर्मीका लुगाहरुको सेल अफर बजारमा ल्याएको छ।
केटीएम सिटीका सबै आउटलेटहरुमा ९ सय ९० रुपैयाँसम्मका लुगाहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । साथसाथै यो अफर केटीएम सिटीको आधिकारिक वेबसाइट तथा मोबाइल एपबाट पनि सजिलै अडर गर्न सकिनेछ । सेल अफर अप्रिल ६ सम्म चल्नेछ।
विन्टर अफर काठमाडौं उपत्यका भित्र र बाहिरका सबै आउट लेटहरुमा लागु हुनेछ । नेपाली ब्राण्ड केटीएम सिटीले आम सर्वसाधारणलाई लक्षित गर्दै सर्वसुलभ मुल्यमा गुणस्तरीय लुगाहरु उपलब्ध गराउँदै आएको छ । नेपाली ब्राण्डलाई अन्तराष्ट्रिय जगतमा पुर्याउने उद्धेश्य सहित केटीएम सिटीले भारतका विभिन्न शहर सहित क्यानडामा समेत आउट लेट विस्तार गरेको छ।
कम्पनीले काठमाडौं उपत्यका सहित देशभर शाखा विस्तारलाई आक्रमक ढङ्गले अघि बढाईरहेको छ । देशभरका सबै आउटलेटमा केटीएम सिटी ब्राण्डका पछिल्ला उत्पादन सर्वसुलभ मुल्यमा प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ।