केटीएम सिटीको आउटलेट बौद्धमा पनि

Read Time:1 Minute

शेर्पा आउटडोरको केटीएम सिटीले काठमाडौंको बौद्धमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ । देशभर आउटलेट विस्तार गर्ने योजना अनुसार बौद्धको माछापोखरीमा नयाँ आउट सञ्चालनमा आएको हो । बौद्धमा खोलिएको केटीएम सिटीको २५ औं आउटलेट हो ।

नेपाली ब्राण्ड केटीएम सिटीले सर्वसाधारणलाई सहज रुपमा आफ्नो ब्राण्डको सामानमा पहुच पुर्याउने उद्धेश्यले नयाँ आउटलेट सञ्चानलाई प्राथमिकतामा राखेको छ । चाँडै देशभरका मुख्य शहरमा आउटलेट सञ्चालनमा ल्याउने कम्पनीको उद्धेश्य छ । काठमाडौंको बौद्धमा खोलिएको आउटलेटमा सर्वसाधारणले सहज र सर्वसुलभ रुपमा केटीएम सिटीका पछिल्ला उत्पादन प्राप्त गर्न सक्नेछन् ।

नेपाली लुगाको ब्राण्डलाई राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा फैलाउने उद्धेश्यका साथ अघि बढेको केटीएम सिटीले भारत र क्यानडामा समेत आफ्नो सेवा विस्तार गरेको छ । पछिल्लो समय केटीएम सिटीले नेपाली खेलकुदमा समेत आफ्नो सहयोग र सहकार्य विस्तार गर्दै आएको छ ।

केटीएम सिटी राष्ट्रिय फुटबल टिमको मुख्य किट प्रायोजक हो भने भलिबल, क्रिकेट, ब्याडमिन्टन सहित विभिन्न खेलसँग सहकार्य गर्दै आएको छ । नेपाली ब्राण्डलाई विश्व स्तरमा लैजाने उद्धेश्य सहित केटीएम सिटीअघि बढेको उसले जनाएको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post साउदी क्लब अल ताइका प्रशिक्षक भन्छन्– रोनाल्डोलाई भेटेपछि आफूलाई भाग्यमानी ठानेँ
Next post चेल्सीमाथि सिटीको सानदार जित
Close