केटिएम सिटीको २६औं आउटलेट गोंगबुमा

Read Time:1 Minute

शेर्पा आउटडोरको केटिएम सिटीको २६ औं आउटलेट काठमाडौंको गोंगबुमा सञ्चालनमा आएको छ। देशभर आउटलेट विस्तार गरिरहेको केटिएम सिटीले २६औं आउटलेट गोंगबुको गणेशस्थान स्थापना गरेको हो।

आफ्नो ब्राण्डको सामानमा सर्वसाधारणलाई सहज रुपमा पहुच पु¥याउने उद्धेश्यले नयाँ आउटलेट सञ्चानलाई नेपाली ब्राण्ड केटिएम सिटीले प्राथमिकतामा राखेको छ। 

चाँडै देशभरका मुख्य शहरमा आउटलेट सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ। नयाँ खोलिएको आउटलेटमा सर्वसाधारणले सहज र सर्वसुलभ रुपमा केटिएम सिटीका पछिल्ला उत्पादन प्राप्त गर्न सकिनेछ।

नेपाली लुगाको ब्राण्डलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा फैलाउने उद्देश्यका साथ अघि बढेको केटिएम सिटीले भारत र क्यानडामा समेत आफ्नो सेवा विस्तार गरेको छ। 

पछिल्लो समय केटिएम सिटीले नेपाली खेलकुदमा समेत आफ्नो सहयोग र सहकार्य विस्तार गर्दै आएको छ । 

नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य किट प्रायोजक केटिएम सिटीले ए डिभिजन क्लब मनाङ मर्स्याङ्दीलाई किट प्रायोजन गरेको छ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post एल क्लासिको हारेपछि एन्सोलोटीले भने– यो हारबाट हामीले धेरै कुरा सिक्नुपर्छ
Next post पिएम कप महिला क्रिकेट : प्रदेश १को लगातार दोस्रो जित, सुदुरपश्चिमको पहिलो जित
Close