जापानिज मेसी नामले परिचित युवा विंगर कुवो यो सिजन पनि लोनमै खेल्ने भएका छन्। सन् २०१९मा स्पेनिस जाइन्ट रियल आएका कुबो आगामी सिजनका लागि लोनमा रियल मालोर्कामा आबद्ध भएका छन्।
मालोर्काले कुबोलाई लोनमा अनुबन्धन गरेको जनाएको छ। कुबोले दोस्रो सिजन लोनमा मालोर्कामा बिताउन लागेका हुन् । यसअघि उनी रियल आएको पहिलो सिजन पनि लोनमा मालोर्काबाटै खेलेका थिए।
रियल आएयता लोनमै खेलिरहेका कुबोले अघिल्लो सिजन भिल्लारियल र गोटाफेबाट खेलेका थिए। जापानमै भर्खरै सम्पन्न ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गरेपछि कुबो रियलमै बस्ने धेरैले अनुमान गरेका थिए । तर, उनले रियलको सिनियर टिममा खेल्ने अझै एक सिजन कुुर्नुपर्ने भएको छ।
ला मासियाका उत्पादन कुबोले सिनियर टिममा १ सय बढी खेल खेलेका छन् भन् राष्ट्रिय टिमबाट ११ खेल खेलका छन्।