°
, June 7, 2023 in
0

कुमारराज सुवेदी बने नेपाल भलिबल संघको उपाध्यक्ष

SHARE:

नेपाल भलिबल संघको केन्द्रीय उपाध्यक्षमा कुमारराज सुवेदी नियुक्त भएका छन् । संघको सोमबार बसेको केन्द्रीय समितिको बैठकले सुवेदीलाई उपाध्यक्षमा नियुक्त गरेको हो ।

भलिबल खेलप्रति विशेष लगाव भएका सुवेदी विद्यार्थीकाल देखि नै यस खेलमा संलग्न छन् । नियुक्तिपछि सुवेदीले नेपालको माटो सुहाउँदो भलिबल खेलको विकास विस्तारका लागि दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भलिबललाई राष्ट्रिय खेलको मान्यता दिने अभियानलाई आफूले उच्च प्राथिमकतामा राखेको सुवेदी बताउँछन् । अहिले सम्मको आफ्नो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबै खाले अनुभवको भरपूर सदुपयोग गर्दै भलिबल खेलको विकासमा समर्पित रहने सुवेदीले बताएका छन् ।

लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए वानको गभर्नरको कार्यकाल सफलतापूर्वक पूरा गर्नु भएका सुवेदी मानवअधिकारवादी तथा सामाजिक कार्यकर्ताको रुपमा सुपरिचित छन् । व्यवस्थापनमा स्नातक सुवेदी राजधानीको गोकर्णेश्वर नगरपालिका–५ का स्थायी बासिन्दा हुन् ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *