°
, June 7, 2023 in

केएल राहुललाई पछि पर्दौ कुशलले बनाए विश्व कीर्तिमान

SHARE:

नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल मल्ले टि–२० अन्तर्राष्ट्रिय विश्व कीर्तिमान बनाएका छन्। टियू मैदानमा जारी त्रिकोणात्मक सिरिजको पहिलो खेलमा पपुवा न्युगिनीसँग २ रन बनाएसँगै कुशलले विश्व कीर्तिमान बनाएका हुन्।

कुशल टि–२० अन्तर्राष्ट्रियमा सार्वधिक छिटो ५ सय रन बनाउने खेलाडी बनेका छन्। उनले १२ खेलमा यो ५ सय रन बनाउँदै यो उपलब्धि हाँसिल गरेका हुन्।

यसक्रममा कुशलले भारतीय ओपनर केएल राहुललाई पछि पारे । राहुलले १३ खेलमा टि–२० क्रिकेटमा ५ सय रन पुरा गरेका थिए।

पिएनजीविरुद्ध कशुलले ११ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २० रन बनाए । कुल ५१८ रन बनाएका उनले ५ अर्धशतक र १ शतक प्रहार गरेका छन् । गत वर्ष टियू मैदानमै भएको नेदरल्यान्डस र मलेसियाविरुद्धको त्रिकोणात्मक सिरिजमार्फत कशुलले टि–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका थिए ।

SHARE: