ब्याटिङ वरियतामा तल झर्दै कुशल

आईसीसी टि २० क्रिकेटको ब्याटिङ वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलको स्थान खस्किएको छ। ईसीसीले अपडेट गरेको नयाँ वरीयता अनुसार कुशलको वरीयता एक तल झर्दै ५७औं स्थानमा आइपुगेका छन्।

ब्याटिङतर्फ नेपालका पूर्वकप्तान पारस खड्का ९५ औं स्थानमा उक्लिएका छन्। यस्तै, कप्तान ज्ञानेन्द्र मल्ल ९९औं स्थानमा रहेका छन्।

ब्याटिङ वरीयतामा पाकिस्तानका बाबर आजम शीर्षस्थानमा रहेका छन् । ब्याटिङ वरियतामा शीर्ष १२ मा कुनै परिवर्तन भएको छैन। भारतका कप्तान विराट कोहली ८औं स्थानमा छन् भने टि२० विश्वकपको फाइनलमा उत्कृष्ट प्रदर्शन गरेका मिचेल मार्स ६ स्थानमाथि उक्लिँदै १३औं स्थानमा आएका छन्।

बलिङतर्फ लेगस्पिनर सन्दीप लामिछाने ८७औं स्थानमा उक्लिएका छन्। उनी यस अघि ८८ औं स्थानमा रहेका थिए। यस सूचीमा श्रीलंकका वानिन्दु हसरंगा शीर्षस्थानमा रहेका छन्।