दबाबमा रहेको नेपालका लागि कुशलको आकर्षक अर्धशतक

Read Time:1 Minute

युवा अलराउन्डर कुलश मल्लले आकर्षक अर्धशतक प्रहार गरेका छन्। आईसिसी विश्वकप लिग–२ अन्तर्गत युएईमा जारी त्रिकोणात्मक सिरिजमा कुशलले घरेलु टोलीविरुद्ध कुशलले रोहन मुस्तफाको बलमा चौका प्रहार गर्दै अर्धशतक पुरा गरे।

कुशलले ४२ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक प्रहार गरेका हुन्। १४ एकदिवसीय खेलमा कुशलको यो चौथो अर्धशक हो। १८ वर्षीय कुशल एकदिवसीय क्रिकेटमा अर्धशतक बनाउने कान्छा खेलाडी हुन्।

कुशलका आकर्षक अर्धशतकले २०८ रनको लक्ष्य पछ्याएको नेपाललाई ठूलो राहत भएको छ । १७ रन बनाउँदा ३ विकेट गुमाएको नेपाल कुशलको अर्धशतक मद्दतमा ताजा अवस्थामा १८.१ ओभरमा ६ विकेट गुमाउँदै ९३ रनको दबाबपूर्ण अवस्थामा छ।

नेपालमा ३ ब्याट्सम्यान डक आउट भएका थिए। आउट हुनुअघि कुशलले ५४ बलमा ६० रन बनाए ।

Happy
Happy
0 %
Sad
Sad
75 %
Excited
Excited
13 %
Sleepy
Sleepy
0 %
Angry
Angry
13 %
Surprise
Surprise
0 %
Previous post सन्दीपको उत्कृष्ट बलिङ, युएईले दियो नेपाललाई २०८ रनको लक्ष्य
Next post सय रन नबनाउँदै नेपालले गुमायो ७ विकेट, दबामा नेपाल
Close