नेपाली धावक नारायण श्रेष्ठले अमेरिकन युनिर्भसिटी मिडिलइष्ट दौडको (एयूएम)को उपाधी जितेका छन् । उनले यो लगातार तेस्रो पटक उपाधी जितेका हुन् ।
मध्यपुर्व एयुएम रनमा उपाधी हात पारेपछि उत्साहित हुँदै धावक श्रेष्ठले नेपालको नाम राख्न सफल भएको खुसी व्यक्त गरे । ‘कोभिड १९ को महामारीका कारण केहि समयदेखि रोकिएको थियो । त्यसको लागि म फर्किरहेको थिए ।’ उनले २।४ किलोमिटर दौड नौ मिनेट ३८ सेकेन्डमा पुरा गरेका थिए ।
उनले आफूले खेल रोकिए पनि नियमित अभ्यासलाई नछोडेकै कारण उपाधी जित्न सफल भएको दावी गर्दछन् । म्याराथनमा विभिन्न देशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । उनले उपाधीसँगै २ लाख नेपाली रुपैयाँ प्राप्त गरे।
त्यसैगरी नेपालका अर्का धावक टिका कुमालले तेस्रो स्थान हासिल गरे । दोस्रो स्थानमा भने लेबनानका अर्दित लुसी आए ।
म्याराथनमा लेबनान, इजिप्ट, नाइजेरिया, भारत, क्युवा, जोर्डन, कुवेत, कतार, साइप्रस, चेकोस्लाभिया र युरोपका धावकहरुको सहभागिता थियो । दौड कुवेतको अमेरिकन युनिभर्सिटी अफ मिडिल इष्टले आयोजना गरेको हो ।