°
, June 7, 2023 in

नकआउट पुग्ने पहिलो टिम बन्यो फ्रान्स, डेनमार्क कठीन मोडमा

SHARE:

डिफेन्डिङ च्याम्पियन फ्रान्स नकआउट चरण पुग्ने पहिलो टिम बनेको छ। समूह डीमा लागातार दोस्रो जित निकालेपछि फ्रान्स एक खेल बाँकी छँदै नकआउट चरण प्रवेश गरेको छ।

यस क्रममा शनिबार राति भएको खेलमा उसले डेनमार्कमाथि २–१को जित निकाल्यो । यसअघि पहिलो खेलमा उसले अस्ट्रेलियामाथि ४–१को जित निकालेको थियो। यो समूहबाट नकआउट पुग्ने अर्को टिमको टुंगो समूहको अन्तिम खेलबाट लाग्ने छ।

फ्रान्ससँगको हारले डेनमार्कको नकआउट सम्भावना कठीन बनेको छ। पहिलो खेलमा ट्युनिसियासँग बराबरी खेलेको उसले १ अंकमात्र जोड्न सकेको छ। अब उसले नकआउट पुग्न अस्ट्रेलियालाई हराउनै पर्ने छ भने अर्को खेलको नतिजा पनि कुर्नुपर्ने छ।

फ्रान्सको जितमा एम्बाप्पेले उत्कृष्ट प्रदर्शन गर्दै दुवै गोल गरे। पहिलो हाफको गोलरहित बराबरीलाई चिर्दै एमबाप्पले थियो हर्नान्डेजको पासमा गोल गर्दै फ्रान्सलाई ६१ औं मिनेटमा अग्रता दिलाएका थिए ।

एन्ड्रेज क्रिस्टियन्सेनले हेडमा गोल गरेपछि डेनमार्कले ६८ औं मिनेटमा खेल बराबरीमा ल्याएको थियो । तर एन्टोइन ग्रिजमनको लामो पासमा २३ वर्षे एमबाप्पेले नजिकको दूरीबाट गोल गरेर फ्रान्सको विजय निश्चित गरेका थिए ।

SHARE: