फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का स्ट्राइकर किलियन एमबाप्पेलाई कोरोना संक्रमण भएको छ । युइएफए नेसन्स लिगअन्तर्गत क्रोएसियाविरुद्धको खेल अघि गरिएको परीक्षणमा एम्बाप्पेलाई कोरोनास संक्रमण भएको पुष्टी भएको फ्रान्स फुटबल फेडेरेसले जनाएको छ।
२१ वर्षीय स्ट्राइकर एम्बाप्पे नेसन्स लिगको पहिलो खेलमा स्विडेनलाई हराउने क्रममा निर्णायक गोल गरेका थिए । संक्रमण पुष्टी भएपछि एम्बाप्पे घरमै आइसोलेनमा पठाइएको छ । उनमा कुनै लक्षण नदेखिएको बताइएको छ ।
‘युइएफएद्वारा सोमबार गरिएको कोभिड–१९ परीक्षणमा उनको पोजेटिभ रिपोर्ट आएको छ । उनलाई टिमबाट अलग गरिएको छ र प्रशिक्षणको अन्त्यमा रिजल्ट आएपछि घर पठाइएको छ,’ फ्रान्स पुटबल फेडेरेसनले जारी गरेको वित्तप्तीमा उल्लेख छ, त्यसअघि पनि एमबाप्पेको परिक्षण भएको थियो र नेगेटिभ रिपोर्ट आएको थियो ।’
कोरोना पोजेटिभ पुष्टि भएका एमबाप्पेले अब युइएफए नेशन्स लिगअन्तर्गत क्रोएसिया विरुद्धको खेल गुमाउनेछन् ।
उनी कोरोना संक्रमण देखिने पिएसजीका सातौं खेलाडी हुन् । गत सातामात्रै नेमार, एन्जेल डि मारिया, लियोनार्दो पेरडेस, केलर नाभास, माउरो इकार्डी र मार्किन्होसमा कोरानो संक्रमण देखिएको थियो । एमबाप्पेले लिग वानको सुरुवाती खेलसमेत गुमाउने शंका छ ।