°
, June 2, 2023 in
0

ला लिगामा आगामी सिजन पनि ५ खेलाडी परिवर्तन गर्न पाइने

SHARE:

स्पेनिस ला लिगामा आगामी सिजन पनि ५ खेलाडी परिवर्तन गर्न पाइने भएको छ । स्पेनिस फुटबल फेडेरेस र ला लिगाले सन् २०२०÷०२१ को सिजन पनि ५ खेलाडी परिवर्तन गर्न पाउने नियम कायमै राखेको हो ।

कोरोना भाइरसको महमारीका कारण रोकिएको फुटबल पुनः सुरु हुँदा थोरै समयमा धेरै खेल खेल्नु पर्ने भएकाले युईएफएले सबै लिगमा ५ खेलाडी परिवर्तन गर्न पाउने नियम बनाएको थियो । सो नियमलाई ला लिगाले मंगलबार आगामी सिजन पनि लागू गर्ने निर्णय गरेको हो ।

स्पेनिस फुटबल फेडेरेस र ला लिगाले महमारीको समयमा खेलाडीको सुरक्षाका लागि यो नियमलाई निरन्तरता दिइएको जनाएका छन् ।

यो सिजनको ला लिगा १३ सेप्टेम्बरबाट सुरु हँुदै छ। पहिलो दिन अलाभेस र रियल बेटिस, ग्रानडा र एथ्लेटिको बिल्बाओ, भ्यालेन्सिया र लेभान्ते, काडिज र ओसासुना, भिल्लारियल र हुइस्का तथा रियल सोसिडाड र भालाडोलिड भिड्ने छन् ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *