स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा सेभिया बराबरीमा रोकिाँदा एथ्लेटिको बिल्बाओले जित निकालेको छ। सेभिया इल्चेसँग १–१ गोलको बराबरीमा रोकियो भने बिल्बओले सेल्टाभिगोलामाथि १–०को जित निकाल्यो।
घरेलु मैदानमा इल्चेले इन्जो रोकोको गोलमा सुरुआती अग्रता लियो । ४०औं मिनेटमा युसुफ इन नेसरीले गोल गर्दैै खेललाई बराबरीमा ल्याए। त्यसपछि खेलमा कुनै गोल नहुँदा दुवै टिमले अंक बाँडे।
यसैगरी अर्को खेलमा बिल्बाओले सेल्टाभिगोलाई उसकै मैदानमा हारायो। बिल्बाओका लागि इनाकी विलियम्सले ३४औं मिनेटमा निर्णायक गोल गरेका थिए। खेलमा बिल्बाओलाई अधिकांश सयम दबाबमा राखेपनि सेल्टाभिगोले गोल भने गर्न सकेन।
यस्तै, रियल सोसिडाड पनि विजयी भएको छ। उसले आन्द्रे बरेनेटेक्साको निर्णायक गोल मद्दतमा लेभान्टेलाई १–०ले हरायो।