°
, May 30, 2023 in

क्रिकेटरद्वय ललित र दिपेशलाई विराटनगर महानगरले नगदसहित सम्मान गर्ने

SHARE:

क्रिकेटरद्वय ललितनारायाण राजवंशी र दिपेश कँडेललाई विराटनगर महानगरपालिकाले सम्मान गर्ने भएको छ। महानगरले दुवैलाई जनही एक लाख एक हजार रुपैयाँ सहित सम्मान गर्ने भएको हो।

नेपाली राष्ट्रिय टिमलाई एकदिवसीय विश्वकप छनोटमा पु¥याउन विश्वकप लिग २को अन्तिम सिरिजमा ललितले उत्कृष्ट प्रदर्शन गरेका थिए। यता, युवा क्रिकेटर दिपेशले पराजित भइसकेको खेलमा ह्याट्रिक गर्दै नेपाललाई यू–१९ विश्वकपमा पु¥याएको थियो ।

सोही योगदानको कदर गर्दै विरागनटर महानगरले दुवैलाई सम्मान गर्ने निर्णय गरेको हो।

SHARE: