ललित राजवंशीले एकै ओभरमा २ विकेट लिएका छन्। एसिसी प्रिमियर कपको फाइनलमा युएईविरुद्ध उत्कृष्ट बलिङ गरेका ललितले २८औं ओभरको दोस्रो र तेस्रो बलमा लगातार विकेट लिए।
उनले दोस्रो बलमा युएईको इनिङ अगाडि बढाइरहेका आसिफ खानलाई आसिफ सेखबाट स्लिपमा क्याच आउट गराए। आसिफले ४६ रन बनाए ।
त्यसपछि लगत्तै अर्को बलमा पनि ललितले जाहुर खानलाई आरिफ सेखबाटै स्लिपमा क्याच आउट गराए। ललितले ४.३ ओभरमा १ मेडनसहित ५ रन मात्र खर्चेर ३ विकेट लिएका छन्।
लगातार दुई विकेटसँगै खेलमा नेपालले लागतार खेलमा दबाब बनाएको छ। ताज अवस्थामा युएई २७.३ ओभरमा १०६ रन बनाउँदा ९ विकेट गुमाएको छ।
टस जितेर बलिङ गर्ने निर्णय गरको नेपालले सुरुआतदेखि नै युएईमाथि दबाब बनाएको थियो। युएईलाई दबाबमा राख्ने क्रममा नेपालका मिडियम पेस र स्पिनर दुवैले उत्कृष्ट प्रदर्शन गरेका छन्।
नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान २ विकेट लिँदा सोमपाल कामी र गुल्सन झाले समान १ विकेट लिए ।
आजको खेल जित्ने टिम एसिया कपमा छनोट हुने छ। र, एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने मौका पाउने छ।