°
, June 1, 2023 in
0

क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा विभेद, टिममा नरहेका बसन्त ए श्रेणीमा, टिममा रहेका ललित परेनन्

SHARE:

मंगलबार चितवनमा बसेको नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले पुरुष क्रिकेटरसँगै महिला क्रिकेटरसँग सेन्ट्रल कन्ट्रयाक्ट गरेका छन् । क्यानले मंगलबार गरेको १८ पुरुष र १९ महिला क्रिकेटरलाई सेन्ट्रल कन्ट्रयाक्टमा समावेश गरेको हो । महिला क्रिकेटरलाई पहिलो पटक सेन्ट्रल कन्ट्रयाक्टमा आएका हुन् ।

क्यानले मंगलबार गरेको पुरुष क्रिकेटरको सेन्ट्रल कन्ट्रयाक्टमा विभेद गरेको छ । क्यानले पछिल्लो समय राष्ट्रिय टिमबाट बाहिर रहँदै आएका स्पिनर बसन्त रेग्मीलाई सेन्ट्रल कन्ट्रयाक्टको ए श्रेणीमा राखेको छ भने राष्ट्रिय टिमबाट निरन्तार खेलिरहेका युवा स्पिनर ललितनरायण राजवंशीलाई सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिर राखेको छ ।

अघिल्लो वर्गीकरणमा बसन्त र ललित दुवै बी श्रेणीमा थिए । क्यानले सन् २०२०का लागि गरेको वर्गीकरणमा भने वसन्तको वर्गिकरण बढुवा हुँदा ललित भने बाहिरए ।

सन् २०१९मा भएको टि–२० विश्वकपको इस्टर्न रिजन छनोटदेखि नै बसन्त राष्ट्रिय टिमबाट बाहिर रहेका छन् । उनले सन् २०२०मा भएको विश्वकप लिग–२ र एसिसी इस्टर्न रिसज टि–२० प्रतियोगिता पनि खेलेका थिएनन् । यता, ललित भने निरन्तरजस्तै टिममा रहँदै आएका छन् ।

यस्तै, वसन्त कन्ट्रयाक्टमा बढुवा हुँदा चोटका कारण सन् २०२०मा भएको विश्वकप लिग–२ र एसिसी इस्टर्न रिसज टि–२० प्रतियोगिता गुमाएका सोमपाल कामी बीमा घटुवा भएका छन् । यसअघि उनी ए श्रेणीमा थिए ।

यसैगरी एसिसी इस्टर्न रिसज टि–२० प्रतियोगितामा राष्ट्रिय टिममा रहेका फास्ट बलर किशोर महतो र अलराउन्डर भुवन कार्की पनि सेन्ट्रल क्यन्ट्रयाक्टमा पर्न सकेनन् ।

क्यानको नयाँ सेन्ट्रल क्यन्ट्रयाक्टबाट ६ खेलाडी बाहिरिएका छन् । सेन्ट्रल क्यन्ट्रयाक्टबाट बाहिरिनेमा ललितसँगै प्रदीप ऐरी, राजु रिजाल, सन्दीप जोरा, इशान पाण्डे र कुशल भुर्तेल छन् । फास्टबलर कमलसिंह ऐरी पहिलो पटक सेन्ट्रल क्यन्ट्रयाक्टमा परेका छन् । सुवास खकुरेल दुई वर्षपछि कन्ट्रयाक्टमा पुनः पर्न सफल भएका छन् ।

यस्तै क्यानले पुरुष क्रिकेटरको तलब ५ हजारका दर बढाउने निर्णय पनि गरेका छ । यसअघि सन् २०१९मा ए श्रेणीका खेलाडीले ४५, बी श्रेणीकाले ३५ र सी श्रेणीकाले २५ हजार पाउँदै आएका थिए । आईसिसीले २ सातअघि प्रत्येक श्रेणीमा १० हजारका दरले खेलाडी तबल बढाउँदै एकमुष्ठ तलब पठाएको थियो ।

अब भने ए श्रेणीका खेलाडीले ५०, बी श्रेणीकाले ४० र सी श्रेणीकाले ३० हजार रुपैयाँ मासिक तलब पाउने छन् ।

को खेलाडी कुन वर्गीकरणमा

श्रेणी एः पारस खड्का, ज्ञानेन्द्र मल्ल, सन्दिप लामिछाने, शरद भेषावकर, करण केसी, बसन्त रेग्मी, दिपेन्द्र सिंह ऐरी, बिनोद भण्डारी,

श्रेणी बीः सुसन भारी, सोमपाल कामी, आरिफ शेख, पवन सराफ,

श्रेणी सीः सुभास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रसिद खान, अबिनाश बोहोरा, कमल सिंह ऐरी

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *