°
, May 29, 2023 in
0

क्रिकेटर ललितलाई थप उपचारका लागि काठमाडौं ल्याइयो

SHARE:

सकड दुर्घटनामा गम्भीर घाइते भएका नेपाली राष्ट्रिय क्रिकेटर ललितसिंह भण्डारीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचार गरिरहेका ललितलाई नेपाल क्रिकेट संघ (क्यान)को पहलमा हेलिकोप्टर चार्टर्ड गरेर काठमाडौं ल्याएको हो ।

थप उपचारका लागि ललितलाई काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना गरिएको क्यानले जनाएको छ । आइतबार राति ८ बजे सडक दुर्घटनामा परेका ललितको अवस्था अहिले सुधारोन्मूख रहेको बताइएको छ ।

आइतबार राति धनगढीबाट महेन्द्रमगर जाँदै गरेका ललित सवार मोटरसाइकललाई झलारीमा ट्रकको ठक्कर दिएको थियो । ठक्करबाट ललित गम्भीर घाइते भएका थिए भने उनीसँगे सवार करन ठगुन्ना भने सामान्य घाइते भएका थिए ।

ट्रकको ठक्करबाट ललितको छाती, काँध, खुट्टा र हातमा चोट लगोको थियो । उनको दायाँ हात भाँचिएको थियो । दुर्घटनामा परेपछि उनलाई धनगढीको निसर्ग हस्पिटलमा राखेर उपचार गरिएको थियो । त्यहाँका चिकित्सकले थप उपचारका लागि ललितलाई नेपागञ्ज मेडिकल कलेज कोहलपुरमा रिफर गरेका थिए ।

राष्ट्रिय टिमबाट ठीकठाक प्रदर्शन गरेका ललितले घरेलु प्रतियोगितामा निकै उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले चोटका कारण राष्ट्रिय टिमबाट धेरै खेल्ने अवसर भने पाएका छैनन् । भण्डारीले नेपालका लागि १ एकदिवसीय, १ टि–२० आई र ३ लिस्ट ए म्याच खेलेका छन् ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *