°
, June 1, 2023 in

ललितपुर मेयर कप महिला क्रिकेटमा एपिएफले सुदूरपश्चिमलाई हरायो

SHARE:

एपीएफले ललितपुर मेयर कप महिला टी–२० क्रिकेट च्याम्पियनसिपमा लगातार दोस्रो जित निकलोको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशमाथि ६ विकेटको जित निकलोको हो।

यसअघि एपिएफले पहिलो खेलमा प्रदेश नं १ लाई ६ विकेटले पराजित गरेको थियो। यता, सुदूरपश्चिमले भने पहिलो खेलमा ललितपुर मेयर्स–११ लाई ५८ रनले पराजित गरेको थियो।

पहिला ब्याटिङ गर्दै सुदूरपश्चिमले दिएको ९० रनको लक्ष्य एपिएफले १६.५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । उसका लागि रोमा थापाले सर्वाधिक २३ रन बनाउँदा ममता चौधरी १४, ज्योति पाण्डेले ११ र इन्दु बर्माले १० रन बनाए । सुदूरपश्चिमका लागि इश्वरी विष्टले २ विकेट लिइन्।

टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा अलआउट हुँदै ८९ रन बनाएको थियो। सुदूरपश्चिमका लागि कविता कुँवरले सर्वाधिक १८ रन बनाउँदा डोली भट्टले ११ रन बनाइन्। एपिएफका सोनु खड्काले ३ तथा करुणा भण्डारी र सरिता मगरले समान २ विकेट लिए।

SHARE: