एपिएफले जित्यो मेयर्स कप वुमन्स च्याम्पियनसिप उपाधि

Read Time:2 Minute

विभागीय टिम एपिएफले पहिलो संस्करणको ललितपुर मेयर्स कप वुमन्स च्याम्पियनसिप टि–२० क्रिकेटको उपाधि जितेको छ। शनिबर कीर्तिपुरस्थित टियू मैदानमा भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराउँदै एपिएफले अपराजित रहँदै उपाधि उचालेको हो।

टियू मैदानमा पहिला ब्याटिङ गर्दै सुदूरपश्चिम प्रदेशले दिएको १०७ रनको लक्ष्य एपिएफ १६।२ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो । एपिएफको जितमा ओपनर ज्योति पाण्डेले सर्वाधिक ३६ रन बनाइन् भने कप्तान सीता रानामगरले २७, इन्दू बर्माले १९ र ममता चौधरीले १५ रनको योगदान दिइन्। एपिएफका दुवै विकेट रनआउट भएको थियो

यसअघि विन्दू रावलले नटआउट ४४ रन बनाएपछि पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १०६ रन बनाए । बिन्दूले ५४ बल खेल्दै ४ चौका प्रहार गरिन्।

यस्तै, डोली भट्टले १४, कविता कुँवरले १३ र रेवती धामीले १० रनको योगदान दिए। सुदूरपश्चिमलाई सामन्य योगफलमा रोक्ने क्रममा एपिएफका रेखा रावल, कुरुणा भण्डारी, सुष्मा श्रेष्ठ र बिनु बुढाले समान १ विकेट लिए।

प्रतियोगितामा अपराजित रहेको एपिएफले लिग चरणमा प्रदेश १लाई ८ विकेटले, सुदूरपश्चिमलाई ३७ रन र लुम्बिनी प्रदेशलाई ४० रनले हराएको थियो भने ललितपुर मेयर्स ११लाई १० विकेटले हराएको थियो।

उपाधिसँगै एपिएफले ३ लाख रुपैयाँ प्राप्त ग¥यो भने उपविजेता बनेको सुदूरपश्चिमले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्‍यो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post एल क्लासिको, भीषण टकराव र मेसीका अविश्वसनीय रेकर्ड
Next post संकटाले पहिलो पटक जित्यो आहा रारा गोल्डकप, अफ्रिकन रुट्स टाइब्रेकरमा पराजित
Close