लामा टेन्डी स्मृति बास्केटबल महिलातर्फ उपाधिका लागि प्रहरी र रोयल भिड्ने

Read Time:2 Minute

टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको महिलातर्फ उपाधिका लागि नेपाल प्रहरी र रोयल बास्केटबल एकेडेमी भिड्ने भएका छन्। राउन्ड रोविन लिगका आधारमा भएको प्रतियोगितामा प्रहरी उपविजेता र रोयल विजेताका रुपमा फाइनल पुगेका हुन्।

अपराजित रहँदै रोयलले सोमबार फाइनलमा स्थान सुरक्षित गरेको थियो । पाँच टिम सहभागी महिलामा प्रहरी रोयलसँग मात्र पराजित भएको थियो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा प्रहरीले रुपन्देहीलाई ५०–३३ ले हरायो । प्रहरीकी अनुषा मल्लले १५ स्कोर गरिन् । रुपन्देहीकी दीपिका गुरुङले सर्वाधिक २२ अंक जोडे पनि टिमलाई जिताउन सकिनन् ।

पहिलो क्वाटरमा १७–९ को अग्रता बनाएको प्रहरी दोश्रोमा ६–७ को झीनो अन्तरले पछि प¥यो । बाँकी दुई क्वाटरको नतिजा आफ्नो पक्षमा पारेको प्रहरीले १५–८ र १२–८ को प्रदर्शन ग¥यो ।

नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा टाइम्स र गोल्डेनगेटले सेमिफाइनल यात्रा तय गरे । टाइम्सले कास्कीलाई ११३–६१ ले हरायो । टाइम्सका मविन्द्र क्षेत्री र कास्कीका राजेन्द्र पुनले समान २० स्कोर गरे । टाइम्स चारै क्वाटरमा अघि रह्यो । टाइम्सले २६–१०, ३२–१३, २८–१७ र २७–२१ अंक जोड्यो ।

गोल्डेनगेटले ड्रिम टिमलाई १०२–७९ ले पाखा लगायो । गोल्डेनगेटका विक्रम डंगोलले २३ अंक बटुले । उता ड्रिम मिटका रविन बस्नेतले ३२ स्कोर गरेपनि जितका लागि पर्याप्त भएन ।

सुरुआतमा २०–१९ को साँघुरो अग्रता लिएको गोल्डेनगेट दोश्रोमा २६–२६ को बराबरीमा रोकियो । तेश्रोमा ३३–२२ र चौथोमा २३–१२ को अग्रता बनाउदै गोल्डेनगेटले जित सुनिश्चित गर्दै जित अन्तर पनि फराकिलो बनायो । सेमिफाइनलमा गोल्डेनगेटको भेट टाइम्ससंग हुने छ । अर्को सेमिफाइनल रोयल र नेपाल आर्मीबीच हुने छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post नेरी थापाको ह्याट्रिकमा ललितपुर मेयर्समाथि लुम्बिनीको जित
Next post एट्लेटिको र युनाइटेडले खेले बराबरी
Close