लामा टेन्डी स्मृति बास्केटबल : कीर्तिपुरको विजयी सुरुआत

Read Time:2 Minute

कीर्तिपुर नगरपालिकाले लामा टेन्डी शेर्पा स्मृति खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषमा सोमबार विजयी सरुआत गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको उद्घाटन खेलमा कीर्तिपुरले बीएमकेलाई ९५–६९ ले पराजित गर्‍यो ।

कीर्तिपुरले चारै क्वाटरमा अग्रता लियो । कीर्तिपुरले २५–२१, २३–१८, २४–१६ र २३–१४ को अग्रता बनाउदै विजयी सुरुआत गरेको हो । कीर्तिपुरको सहज जितमा सोमन महर्जनले २४ अंक योगदान गरे। बीएमकेका मिलन मल्ल २९ स्कोर गरेपनि जितका लागि पुगेन।

पुरुषमै सुजन महर्जनको ३१ अंक सहयोगमा ड्रिम टिमले शंकर देव क्याम्पसलाई ८३–४८ ले सहजै हरायो । शंकरदेवका राजेश ठकुरीले १६ अंक जोडे। पहिलो क्वाटरमा १५–१४ को झीनो अग्रता लिएको ड्रिम टिमले अन्तिमसम्म अग्रतालाई जोगाइ राख्यो । ड्रिम टिमले दोश्रोमा २३–१३, तेश्रोमा ३२–१२ र चौथोमा १३–९ अंक जोड्यो।

नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको महिलामा रोयल बास्केटबल एकेडेमीले ललितपुर हाइमाथि ४८–३९ को जित दर्ता गर्‍यो। पहिलो क्वाटरमा १४–१० को अग्रता बनाएको रोयल दोश्रोमा ९–९ को बराबरीमा रोकियो । तेश्रो क्वाटरमा रोयल ८–१२ ले पछि परेपछि खेल ३१–३१ को बराबरीमा पुगेको थियो । चौथो तथा अन्तिम क्वाटर रोयलले १७–८ ले आफ्नो पक्षमा पार्दै जित सुनिश्चित गर्‍यो ।

आयोजक संघका अध्यक्ष स्व। लामा टेन्डी शेर्पाको स्मृतिमा आयोजित प्रतियोगिताको स्व. लामाका पिता लामा पासाङ शेर्पा र दाइ नवाङ निमा लामाले उद्घाटन गरे । फागुन १२ गतेसम्म चल्ने प्रतियोगिताको पुरुषमा १३ र महिलामा ५ टिम सहभागी छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post आयरल्यान्डविरुद्ध नेपालको चल्यो बलिङ, चलेन ब्याटिङ
Next post पारा खेलाडीलाई प्रमाण–पत्र वितरण
Close