१०० मिटर दौडमा स्वर्ण जित्दै जेकब्स बने युसेन बोल्टका उत्तराधिकारी

इटालीका लेमोन्ट मार्सेल जेकब्सले टोक्यो ओलम्पिक्समा पुरुष १०० मिटर दौडमा स्वर्ण पदक जितेका छन्। २६ वर्षिय जेकब्सले ९.८० सेकेन्डमा दौड पुरा गर्दै स्वर्ण जितेका हुन्।

यससँगै उनले यस स्पर्धामा जमैकाका विश्वकीर्तिमानी धावक युसेन बोल्टको १३ वर्ष लामो एकाधिकार पनि खोसेका छन्। तर, बोल्टलाई १०० मिटर दौडको विश्वविजेताबाट प्रतिस्थापन गर्न भने उनले सन्न्यास लिएपछि मात्र सम्भव भयो। उनले २०१७ मा सन्न्यास लिएका थिए।

उसेन बोल्ट १०० मिटर दौडका सर्वाधिक सफल धावक हुन्। उनले सन् २००९ मा बनाएको ९.५८ सेकेन्डको रेकर्ड तोड्नु त टाढाको कुरा त्यो छेउछाउ पनि कोही आउन सकेको छैन। छोटो दूरीको दौडमा मिलिसेकेन्डको फरकले पनि ठूलो अर्थ राख्छ।

यस्तै, सो स्पर्धामा अमेरिकाका फ्रेड केर्लीले ९.८४ सेकेन्डमा दौड पुरा गर्दै रजत जिते भने क्यानडाका आन्द्रे डे ग्रेसले ९.८९ सेकेन्डमा दूरी पुरा गर्दै कास्य पदक हात पारे।

Facebook Comments Box