°
, June 2, 2023 in

मालिंगा बने राजस्थनको बलिङ प्रशिक्षक

SHARE:

आईपीएलको १५औं संस्करणका लागि राजस्थान रोयल्सले लासिथ मालिंगालाई फास्ट बलिङ प्रशिक्षक नियुक्त गरेको छ ।

सन् २०२१ मा सन्यास लिएका मालिंगा आईपीएलको सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनले मुम्बई इन्डियन्सका लागि ९ सिजन खेल्दै १७० विकेट लिएका छन् । साथै सन् २०१८ मा मालिंगाले मुम्बईको बलिङ मेन्टरको भूमिका निभाएका थिए ।

यसै वर्षको सुरुमा अष्ट्रेलिया विरुद्धको टी-२० श्रृंखलाका लागि मालिंगा बलिङ रणनीति प्रशिक्षक नियुक्त भएका थिए ।

मालिंगाले आईपीएलमा पर्कन पाउँदा खुशी लागेको बताएका छन् । ‘आईपीएलमा फर्कनु मेरो लागि राम्रो हो र राजस्थान रोयल्समा सामेल हुन पाउनु पूर्ण सम्मानको कुरा हो, जसले सधैं युवा प्रतिभालाई प्रवर्द्धन र विकास गरेको छ,’ मालिंगाले भनेका छन्। ।

उनले राजस्थानको तीव्र गतिको बलिङ युनिटबाट आफू उत्साहित रहेको र सबै फास्ट बलरहरूलाई उनीहरूको खेल योजनाहरू कार्यान्वयन गर्न र उनीहरूको समग्र विकासमा सहयोग गर्न तत्पर रहेको बताएका छन् । साथै उनले आईपिएलमा मुम्बईसँग केही विशेष सम्झनाहरू बनाएको र अब राजस्थान रोयल्ससँग नयाँ अनुभवको लागि पर्खिरहेको उल्लेख गरे।

SHARE: