°
, June 7, 2023 in
अन्तर्राष्ट्रिय फुटबलफुटबलसमाचार

कुवेतसँगै लेवनानले साफ च्याम्पियनसिप खेल्ने

SHARE:

भारतमा आयोजना हुने १४औं संस्करणको साफ च्याम्पियनसिपमा लेवनान पनि सहभागी हुने भएको छ। दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ)ले सोमबार प्रतियोगिता खेल्ने आठौं टोलीका रुपमा लेवनानको नाम घोषणा गरेको हो।

साफले प्रतिस्पर्धास्तर बढाउन भन्दै यो संस्करणदेखि साफ क्षेत्रभन्दा बाहिरका टिमलाई आमन्त्रित प्रतिस्पर्धीका रुपमा सहभागी गराउन लागेको हो। १४औं साफ बैंग्लोरमा आसर ६–१९ गतेसम्म आयोनजा हुनेछ।

यसपल्ट साफ च्याम्पियनसिपमा साफ क्षेत्रका श्रीलंकाबाहेक ६ टिमको सहभागिता रहनेछ । फिफाको प्रतिबन्धमा परेका कारण श्रीलंकाले प्रतियोगिता खेल्न नपाएको हो।

साफ बाहिरबाट प्रतिनिधित्व गर्ने लेवनान दोस्रो टिम हो । अघिल्लो साता कुवेत टिम साफ च्याम्पियनसिप खेल्ने निश्चित भएको थियो।

SHARE: