लिड्सले फुलह्यामलाई हरायो

इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेड विजयी भएको छ। शुक्रबार राति भएको खेलमा लिड्सले फुलह्यामलाई २–१ ले हरायो ।

लिड्सको जितमा प्याट्रिक बामफोर्ड र राफिन्हाले गोल गरे। फुलह्यामका जोआचिम एण्डरसनले एक गोल फर्काए । फुलहमको मैदानमा २९ औं मिनेटमा बामफोर्डले गोल गर्दै लिड्सलाई अग्रता दिलाएका थिए।

३८औं मिनेटमा एण्डरसनले गोल गर्दै फुलहमलाई १–१ गोलको बराबरीमा ल्याए। पहिलो हाफ १–१ गोलकै बराबरीमा सकियो। ५८औं मिनेटमा राफिन्हाले गोल गर्दै लिड्सलाई २–१ को जित दिलाए ।

जितपछि लिड्सले २९ खेलमा ३९ अंकका साथ ११औं स्थानमा छ भने फुलह्याम २६ अंकका साथ १८औं स्थानमा रहेको छ ।