°
, June 4, 2023 in

पारसको टिमले जित्यो लिजेन्ड्स लिग उपाधि

SHARE:

लिजेन्ड्स लिग क्रिकेटको उपाधि नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्कोको टिमले जितेको छ। कतारको दोहास्थित वेस्ट इन्ड पार्क क्रिकेट मैदानमा सोमबार राति भएको फाइनलमा एसिया लायन्सले वर्ल्ड जायन्ट्सलाई ७ विकेटले हराउँदै उपाधि उचाल्यो।

टिमले उपाधि जिते पनि पारसले फाइलनमा ब्याटिङ र बलिङमा भने अवसर पाएनन्, उनी प्लेइङ सेटमा भने थिए। लिगमा दुई खेलमा ब्याटिङ गरेपनि उनले बलिङ भने गरेनन्।

वर्ल्ड जायन्ट्सले दिएको १४८ रनको लक्ष्य एसिया लायन्सले १६.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । उसका ओपनरद्वय तिलकरत्ने दिल्शान र उपुल थरंगाले पहिलो विकेटका लागि ११५ रनको साझेदारी गरे। दिल्शानले ४२ बलमा ८ चौका मदतमा ५८ रन बनाए भने थरंगाले २८ बल खेल्दै ५ चौका तीन छक्का प्रहार गरी ५७ रन बनाए ।

यस्तै, मिसवाह उल हक र मोहम्मद हाफिज समान ९ रनमा अविजित रहे। जायन्ट्सका लागि मोन्टी पानेसर, समित पटेल र ब्रेट लीले समान एक विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जायन्ट्सले २० ओभरमा चार विकेट गुमाएर १४७ रन बनाएको थियो। उसका ज्याक कालिसले अविजित ७८ रन बनाए । ५४ बल खेलेका कालिसले पाँच चौका र तीन छक्का प्रहार गरेका थिए।

यस्तै, रोस टेलरले ३२ र लेन्डल सिमोन्सले १७ रन बनाए। लायन्सका अब्दुल रज्जाकले २ तथा थिसारा परेराले एक विकेट लिए।

SHARE: