प्रियिमर लिग : लेस्टरले वुल्भ्सलाई हरायो, वाट्फोर्डसँग हार्‍यो एस्टन भिल्ला

इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटी विजयी भएको छ। शनिबार राति भएको खेलमा लेस्टर सिटीले वुल्भ्सलाई १–०ले हराउँदै लिगमा सुखद् सुरुआत गर्‍यो।

घरेलु मैदान किङ पावर स्टेडियममा भएको खेलमा लेस्टरलाई जित दिलाउन जेमी भार्डीले निर्णायक गोल गरे। उनले ४१औं मिनेटमा रिकार्डो परेइराको पासमा गोल गरेका थिए।

त्यसपछि कुनै गोल नहुँदा लेस्टर विजयी भयो । खेलमा लेस्टरले बल पोजेसन राम्रो बनाएपछि आक्रमण भने वुल्भ्सले बढी गरेको थियो । उसले लेस्टरको पोस्टमा १७ सट प्रहार गरेको थियो। यता, ५७ प्रशतिशत बल पोजेसन बनाएको लेस्टरले ९ सट मात्र प्रहार गरेको थियो।

यसैगरी शनिबार राति नै भएको अर्को खेलमा एस्टन भिल्ला वाट्फोर्डसँग पारजित भयो । वाट्फोर्डले घरेलु मैदानमा एस्टन भिल्लामाथि ३–२को जित निकाल्यो। अघिल्लो लिगमा उत्कृष्ट प्रदर्शन गरेको भिल्लाले नयाँ सिजनमा सुखद् सुरुआत गर्न सकेन।

खेलमा वाट्फोर्डका इमानुअल बोनावेन्चर, इस्माइला सार र कुचो हर्नान्डेसले गोल गरेका थिए भने एस्टन भिल्लाका जोन म्यागिन र ड्यानी इंग्सले गोल गरेका थिए।