आफ्ना स्टार खेलाडीद्वय लियोन मेसी र नेमारविना मैदान उत्रिएको पिएसजी लिग वानमा पराजित भएको छ। आइतबार राति भएको खेलमा पिएसजी लेन्ससँग ३–१ले पराजित भएको हो।
विश्वकप जिते पछि मेसी बिदामै छन् भने नेमारले अघिल्लो खेलमा रातो कार्ड पाएकाले लेन्सविरुद्ध मैदानमा थिएनन्।
जारी सिजन उत्कृष्ट प्रर्दन गरिरहेको लेन्सका लागि सेमिस्वा फ्रान्कोस्की, लोइस ओपेन्डा र एलेक्सेस क्लोड मौरिस गोल गरेका थिए भने पिएसजीका ह्युगो एकिटिकेले गोल गरेका थिए।
घरेलु मैदानमा भएको खेलमा लेन्सले पाँचौं मिनेटमा अग्रता लियो । पीएसजीका किपर डोनारुमाले क्लियर गर्न नसकेको बलमा फ्रान्कोस्कीले गोल गरेका थिए ।
तर, तीन मिनेट पछि नै पिएसजीले बराबरी गोल फर्कायो । आठौं मिनेटमा उसका एकिटिकेले गोल गरेका थिए। २८औं मिनेटमा लेन्सले पुनः ग्रता लियो । यो पटक उसका ओपेन्डाले गोल गरेका थिए।
पहिलो हाफमा २–१को अग्रता लिएको लेन्सले दोस्रो हाफका सुरुआतमै अर्को गोल ग¥यो । मौरिसले ४७औं मिनेटमा ओपेन्डाको पासमा गोल गर्दै टिमलाई ३–१को सहज जित दिलाए ।
यो सिजसँगै लेन्सले शीर्ष स्थानको पिएसजी भन्दा ४ अंकले मात्र पछि रहँदै दोस्रो स्थानमा छ। पिएसजीको ४४ र लेन्सको ४० अंक छ।