१० हजार मिटरमा गिडेले बनाइन विश्व कीर्तिमान

इथोपियन धाविका लेटेसेनबेट गिडेले एथ्लेटिक्सको १० हजार मिटरको महिला दौडमा नयाँ विश्व कीर्तिमान बनाएकी छिन्। ओलम्पिक ट्रायल अन्तर्गत नेदरल्यान्ड्सको हेन्गेलोमा भएको दौडमा उनले २९ मिनेट ०१.०३ सेकेण्डको समयमा निर्धारित दूरी पूरा गर्दै विश्व कीर्तिमान बनाएकी हुन्।

सिफान असनले यही ट्रयाकमा २९ मिनेट ०६.८२ सेकेण्डको दुरी पार गर्दै विश्व कीर्तिमान बनाएकी थिइन्। त, सिफानको कीर्तिमान २ दिनमै भंग भयो।

२३ वर्षीय गिडेले आफू विश्व कीर्तिमान बनाउनैका लागि दौडिएको बताइन् । उनले आफू फेरि विश्व कीर्तिमान तोड्ने र २९ मिनेटको कीर्तिमान बनाउन चाहेको बताइन् ।

उनी इनग्रिड क्रिस्टिएनसेनपछि ५ हजार, १० हजार मिटरमा विश्व कीर्तिमान बनाउने पहिलो महिला खेलाडी हुन् । नर्वेकी क्रिस्टिएनसेनले १९८६ देखि १९९३ सम्म उक्त कीर्तिमान बनाएकी थिइन्। गिडेले गत वर्ष स्पेनमा ५ हजार मिटर दौड १४ मिनेट ०६.६२ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी थिइन्।

Facebook Comments Box