°
, June 4, 2023 in

एट्लेटिकोले गुमायो चौथो स्थानमा उक्लने मौका

SHARE:

एट्लेटिको म्याड्रिडलाई स्पेनिस ला लिगामा पुछारमा रहेको लेभान्तेसँग पराजित भएको छ। घरेलु मैदानमा बुधबार राति भएको खेलमा एट्लेटिको लेभान्तेसँग १–० गोलले पराजित भयो ।

यो हारसँगै एट्लेटिको शीर्ष चारमा फर्कने अवसर गुमाएको छ । एट्लेटिको २४ खेलबाट ३९ अंक जोड्दै पाँचौं स्थानमै छ। लेभान्तेको १४ अंकका साथ पुछारमा छ।

प्रतिस्पर्धात्मक खेलमा एट्लेटिकोलाई हराउन लेभान्तेका गोन्जालो मेलेरोले निर्णायक गोल गरे । उनले ५४औं मिनेटमा जर्ग डि फ्रुटोसको पासमा गोल गरेका थिए ।

एट्लेटिको ५४ प्रतिशत बल पोसेसन बनाउँदै १० सट प्रहार गरेकोमा १ सट मात्र फ्रेममा थियो । यता, लेभान्तेले ८ सट प्रहार गर्दा ५ सट फ्रेमा थियो।

SHARE: