फ्रेन्च जाइन्ट पिएसजीलाई हराउँदै लिलेले फ्रेन्च सुपर कप उपाधि जितेको छ। सुपर कप उपाधि जित्ने क्रममा लिग वान च्याम्पियन लिलेले पिएसजीको चुनौती १–०ले पन्छायो।
सुपर कपमा लिग वान विजेता र फ्रेन्च कपका विजेता भिड्नछन्। यो प्रतियोगिता हरेक वर्ष सिजन सुरुहुनु अघि खेलिन्छ।
सुपर कपको फाइलनमा पिएसजीले आफ्ना स्टार खेलाडीहरु नेमार, किलियन एम्बप्पे, सर्जियो रामोस, एन्जेल डि मारिया, मार्किन्होस, जियालुजी डोनारुमालगायतलाई टिमा राखेको थिएन।
लिलेको जितमा जेकाले निर्णायक गोल गरे । पोर्चुगिज मिडफिल्डर जेकाले ४५औं मिनेटमा बुराक एलमाजको पासमा पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट गोल गरेका थिए।
लिलेको यो पहिलो सुपर कप उपाधि हो । पीएसजीले भने सर्वाधिक १० पटक उपाधि जितेको छ ।
लिलेविरुद्ध पिएसजीका दुइृ खेलाडीले डेब्यू गरे । यसै सिजन पिएसजीमा आएका डच मिडफिल्डर जर्जिनियो विज्नाल्डम र मोरक्कन डिफेन्डर अर्चरफ हाकिमीले पिएसजीमा डेब्यू गरेका थिए । हाकिमीले सुरुआतमै स्थान बनाउँदा विज्नाल्डम दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए।