फस्ट्रेट मेसी भन्छन्- हामी नापोलीसँग पनि हार्छौं

रियल मड्रिड र बार्सिलोना ला लिगा दुई ठूला क्लब हुन् । डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले यो पटक उपाधि रक्षा गर्न सकेन, बिहीबार राति भएको खेलमा भिल्लारियललाई २–१ले पराजित गर्दै रियलले ३ वर्षपछि उपाधि उचाल्यो । यता, उपाधिको झिनो अशा बाँकी रहेको बार्सिलोना भने स्पानियोलसँग निराशाजक रुपमा २–१ले पराजित भयो ।

एकातिर रियलले भियारियललाई २–१ ले पराजित गर्दै ३४औं पटक उपाधि जितेको खुशीयाली मनाइरहेको थियो । जसमा करिम बेन्जामाले दुई गोल गरेका थिए । अर्को तिर कप्तान लिओनल मेस्सीले गोल गर्दा पनि १० खेलाडीमा झरेको ओसासुनासँग बार्सिलोना पराजित भयो ।

बार्सिलोनालाई उपाधि रक्षा गर्न नसकेको र कमजोर टिमसँग हारको पीडा एकै पटक पर्‍यो । उक्त हारपछि कप्तान लियोनल मेसीले आफ्नो फ्रस्ट्रेसन देखाए । मेसीले यस सिजन सबै कुरा राम्रो नभइरहेको र अब धेरै कुरा चेन्ज गर्नुपर्ने बेला आएको बताए ।

‘हामीले घरेलु लिगमा पनि राम्रो गर्न सकेनौं , च्याम्पियन्स लिगमा हामी यसअघि रोमा र लिभरपुलसँग पराजित हुँदै बाहिरिएका थियौं । अहिले पनि नापोलीसँग त्यस्तै अवस्था भोग्नु पर्ने अवस्था छ । फ्यानहरुको धैर्यता सकिसक्यो किनकि हामीले उनीहरुलाई केही दिइरहेका छैनौं,’ मेसीले पोष्टम्याचमा भने, ‘यदि हामी च्याम्पियन्स लिगमा फाइट गर्ने हो भने धेरै भेन्ज गर्नुपर्नेछ । यस्तै भए हामी नापोलीसँग पनि हार्नेछौँ ।’

ला लिगा उपाधिबाट पनि वञ्जित भएपछि बार्सियोनाको आशा अब च्याम्पियन्स लिगमा मात्र बाँकी छ । च्याम्पियन्स लिग नजिते बार्सिलोना लामोसमय पछि उपािधबिहीन बन्ने छ । बार्सिलोनाले च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा नापोलीसँग खेल्दैछ ।

यही प्रदर्शनले च्याम्पियन्स लिग जित्न अब कठिन हुने मेसीले बताए । उनले ला लिगा जित्नका लागि बार्सिलोना योग्य नभएको समेत बताए ।

‘ब्रेकपछि उनीहरुले कुनै खेल हारेका छैनन् । हामीले धेरै अंक गुमायौँ । हामीले गिभ अफ गर्नुहुन्न र हामी आत्म आलोचना गर्नुपर्छ । खेलाडीले त्यसको सुरुवात गर्नुपर्छ र अरुले पनि ,’ मेस्सीले भने, ‘हामी बार्सिलोना हौँ र हामीले हरेक म्याच जित्न सक्षम हुनुपर्छ ।’

क्याम्प नोउनमा खेलाडीहरुमा धेरै रिस थियो र मेस्सीले पनि त्यही भने । ‘क्बलका मानिसहरु धेरै रिसाएका छन् । र यो सामान्य हो किनकि हामी सबै रिसकाएका छौँ,’ मेस्सीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *