मेसी चम्किँदा पिएसजीको जित

लियोनल मेसीले उत्कृष्ट प्रदर्शन गरेपछि च्याम्पियन्स लिगमा पिएसजी विजयी भएको छ । मंगलबार राति भएको खेल मेसीले २ गोल गरेपछि पिएसजीले जर्मन क्लब आरबी लेइपजिगमाथि ३–२को रोमाञ्चक जित निकाल्यो।

पिएसजीको जितमा मेसीले दुई गोल गर्दा केलियन एमबाप्पेले एक गोल गरे । यता लेइपजिगका न्द्रे सिल्भा र नोर्डी मुकिलीले गोल गरेका थिए।

खेलको नवौं मिनेटमा एमबाप्पेको गोलमा पिएसजीले अग्रता लियो। २८औं मिनेटमा सिल्भाले गोल गर्दै खेललाई बराबरीमा ल्याए । पहिलो हाफ १–१को बराबरीमै सकियो।

५७औं मिनेटमा नोर्डीले गोल गर्दै लेइपजिगलाई २–१ को अग्रता दिलाए । तर, ६७औं र ७४औं मिनेटमा गोल गर्दै पिएसजीलाई जित दिलाए । इन्जुरी समयमा पिएसजीले पेनाल्टी पाएपनि गोल गर्न सकेन । एम्बाप्पेको प्रहार लेइपजिगका गोलकिपरले रोकेका थिए।
दिलाए ।

यस्तै, समूह एकै अर्को खेलमा म्यान्चेस्टर सिटीले क्लब ब्रुगमाथि ५–१को सहज जित निकाल्यो । सिटीको जितमा रियाद महारेजले २ गोल गर्दा जोआ क्यान्सेलो, कायल वाकर र कोल पाल्मर समान १ गोल गरे। क्लब ब्रुगका हान्स भानकेनले गोल गरेका थिए ।

जिपतपछि पीएसजी तीन खेलमा सात अंक जोडेर समूह एको शीर्ष स्थानमा छ । सिटी ६ अंकसहित दोस्रो स्थानमा रहँदा १ अंक जोडेको क्लब ब्रुग तेस्रो र अकंबिहीन लेइपजिग पुछारमा छ।