°
, May 29, 2023 in

स्कोलानी बने विश्वकप जित्ने कान्छो प्रशिक्षक

SHARE:

लियोनल स्कोलानी फिफा विश्वकप उपाधि जितने सबैभन्दा कान्छा प्रशिक्षक बनेका छन्।

लुसेल रंगशालामा आइतबा राति भएको रोमाञ्चक खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउट ४–२ले हराउँदै अर्जेन्टिना ३६ वर्षपछि विश्व च्याम्पियन बनेको थियो।

स्कोलानी अहिले ४१ वर्षका मात्र भए । सन् २००६मा मेसीले विश्वकपमा डेब्यू गर्दा स्कोलानी पनि त्यही टिममा थिए।

स्कोलानीले २ वर्षअघि अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि पनि दिलाएका थिए।

कतारमा पहिलो खेलमै साउदी अरेबियासँग अप्रत्यासित रुपमा २–१ले पराजित भएको अर्जेन्टिनाले त्यसपछिका सबै खेल जित्दै च्याम्पियन बन्यो।

SHARE: