च्याम्पियन्स लिगको सर्वाधिक सफल टिम रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको च्याम्पियन्स लिग क्वार्टरफाइनलको दोस्रो लेगमा लिभरपुललाई गोलरहित बरारीमा रोक्दै रियल समग्रमा ३–१को जितसहित समिफाइनलमा पुगेको हो।
एन्डफिल्डमा लिभरपुलले रियलमाथि सुरुवातदेखि नै दबाब दिएको थियो । तर, रियल उसलाई रोक्न सफल भयो। पहिलो हाफमै मोहम्मद सलाह र जेम्स मिल्नरको उत्कृष्ट प्रहार रियलका किपर थिवो कुर्टुवाले उत्कृष्ट बचाउ गरे।
रियलले पनि पहिलो हाफमा गोलको एउटा उत्कृष्ट मुभ बनायो । करिम बेन्जिमा प्रहार लिभरपुलका किपरलाई डिफ्लेट भएर किपर विट भएको अवस्थामा पोस्ट लागेर फर्कियो। दोस्रो हाफमा पनि लिभरपुलले नै हाबी भयो । उसल निरन्तार रियलको पोस्टमा आक्रमण ग¥यो । सालाह र रोबर्टो फिर्मिन्होको केही प्रहारमा फेरि कुर्टुवा बाधक बने।
रियलले पछिल्लो पाँच भेटमा लिभरपुलविरुद्धको खेल गुमाएको छैन । यस्तै रियलले च्याम्पियन्स लिगमा सन् २०१६ पछि पहिलो पटक गोलरहित बराबरी खेलेको हो । यससँगै रियल भने ३० औं पटक च्याम्पियन्स लिग र युरोपियन कपको सेमिफाइनलमा पुग्न सफल भएको छ ।
अब रियलले सेमिफाइनलमा अर्को इंग्लिस क्लब चेल्सीसँग खेल्नेछ । चेल्सी पोर्टोलाई हराएर सेमिफाइनलमा पुगेको हो।