इलियटको गोलमा लिभरपुल एफए कपको चौथो चरणमा

Read Time:1 Minute

लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ।

इंग्लिस प्रिमियर लिग प्रतिद्वन्द्वी उल्भ्समाथि १–० गोलको कठिन जित निकाल्दै लिभरपुल चौथो चरणमा प्रवेश गरेको हो। अघिल्लो साता भएको खेल १–१को बराबरीमा सकिएपछि खेल पुनः खेलाइएको थियो।

मोलिन्युक्स स्टेडियममा गएराति भएको खेलमा लिभरपुलले खेलको १३औं मिनेटमा लिएको अग्रता जोगाउँदै जित निकाल्यो। लिभरपुलका लागि हार्भे इलियोटले निर्णायक गोल गरे।

खेलमा जुलियन लोपेटगुइको टिम वुल्भ्सले योर्गेन क्लोपको टिम लिभरपुल माथि पूर्ण दबाब बनाएको थियो। तर, गोल भने गर्न सकेन। उसले ५३ प्रतिशत बल पोजेसन बनाउँदै लिभरपुलको पोस्टमा ११ सट प्रहार गरेकोमा २ सट फ्रेममा थियो । यता, लिभरपुलले ७ सट प्रहार गर्दा २ सट फ्रेममा थियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post थाइल्यान्डमा बक्सिङमा नेपालका दुई पदक पक्का
Next post सराबिया वुल्भ्समा, २१ नम्बरको जर्सी लगाउने
Close