जारी इंग्लिस प्रिमियर लिगमा लिभरपुलको अपराजित यात्रामा पूर्णविराम लागेको छ। आइतबार राति वेस्टह्यामसँग ३–२ ले पराजित हुँदै लिभरपुलको २५ खेल लामो अपराजित यात्रामा पूर्णविराम लागेको हो।
गोलरक्षक एलिसन बेकरको तीन महँगो भूलको फाइदा उठाउँदै वेस्ट ह्यामले आइतबार इंग्लिस प्रिमियर लिगमा लिभरपुललाई ३–२ ले हराएको हो । यससँगै लिभरपुलको २५ खेलको अपराजित यात्रा पनि टुंगिएको हो ।
लन्डन स्टेडियममा हार जोगाएको भए लिभरपुलले सन् १९८२ यता क्लबको अपराजित यात्राको कीर्तिमान तोड्ने थियो । तर बेकरको खरावबप्रदर्शनमा लिभरपुल अप्रिलयता पहिलो पल्ट पराजित रह्यो ।
एलिसनका लागि सर्वथा बिर्सनलायक खेलमा उनकै आत्मघाती गोलले वेस्टह्यामले अग्रता लिएको थियो । ट्रेन्ट एलेक्जान्डर आर्नोल्डले फ्रि किकबाट बराबरी गोल गरे । तर फेरि बेकरकै कमजोर प्रदर्शनमा पाब्लो फोर्नाल्स र कुर्ट जुमाले वेस्टह्यामका लागि गोल गरे । डिभोक ओरिगीले लिभरपुलका लागि एक गोल फर्काए, तर टिमलाई हारबाट जोगाउन सकेनन् ।
यो जितपछि वेस्टह्याम अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ भने लिभरपुल एक स्थान झरेर चौथोमा पुगेको छ । लिभरपुल शीर्ष स्थानमा रहेको चेल्सी भन्दा चार अंकले पछाडि छ ।