जोटा र मानेको गोलमा लिभरपुल विजयी

स्ट्राइकरद्वय डिएगो जोटा र साडियो मानेले गोल गरेपछि इंग्लिस प्रियिमयर लिगमा लिभपुरले लगातार दोस्रो जित निकालेको छ।

शनिबार साँझ घरेलु मैदानमा भएको खेलमा जोटा र मानेको गोल मद्दतमा लिभरपुलले बर्नलीलाई २–०ले हरायो। लिभरपुलले सुरुआती खेलमा नर्विच सिटीलाई ३–०ले हराएको थियो।

३८औं मिनेटमा जोटाको गोलमा लिभरपुलले सुरुआती अग्रता लियो। उनले कोन्स्टान्टिनोस सेमिकासको क्रसमा हेडिङ मार्फत गोल गरेका थिए । पहिलो १–०मै सकियो।

दोस्रो पनि लिभरपुलले थप १ गोल गरेको थियो। ६९औं मिनेटमा ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डको पासमा मानेलो गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए । त्यसपछि खेलमा कुनै गोल नहुँदा लिभरपुल विययी भयो।

खेलमा लिभरपुलले ६७ प्रतिशत बल पोजेसन बनाउँदै बर्नलीको पोस्टमा २७ सट प्रहार गरेको थियो । जसमध्ये ९ सट अन टार्गेट थियो। यता, बर्नलीले ९ सट प्रहार गर्दा ३ सट अन टार्गेट थियो।